देश

जुवातास खेल्दै गरेको अवस्थामा ५ जना पक्राउ

सिरहा । मिर्चैया नगरपालिका-६ कटारी चौक बस्ने संजय यादवको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-८ बस्ने २८ वर्षीय राजाराम साह समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४४ हजार ५ सय ८५ रुपैँया, ६ सय भारतीय रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट