देश

विद्युत् प्राधिकरणमा खुल्यो जागिर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । प्राधिकरणले सहनिर्देशक दशौँ तहदेखि चौथो तहसम्मका लागि आवेदन माग गरेको हो ।

प्राधिकरणले सूचना जारी गर्दै खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नका लागि आवेदन मागेकाे हो । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले मंसिर १४ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्ने प्राधिकरणले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *