खेलकुद

युरोपा लिग: स्लाभिया प्राहसँग हार्यो रोमा

काठमाडौँ । इटालियन क्लब एएस रोमा युइएफए युरोपा लिग अन्तर्गतको खेलमा चेक क्लब स्लाभिया प्राहसँग पराजित भएको छ ।

गएराती सम्पन्न समुह जी अन्तर्गतको खेलमा स्लाभिया प्राहले रोमालाई २-० गोल अन्तरले पराजित गरको हो ।

स्लाभिया प्राहको जितमा भाक्लाभ जुरेका र लुकास मासोपुस्टले एक एक गोल गरेका थिए ।

यो स्लाभिया प्राहको यस सिजनमा तेस्रो जित हो । यो जितपछि समुह जी मा प्राह ४ खेलमा ९ अंकसहित शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै रोमाको यस सिजनको युरोपा लिगमा यो पहिलो हार हो । यो हारपछि रोमाको ४ खेलमा ९ अंक नै छ र समुहमा दोस्रो स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट