समाचार

रास्वपा : जनताको गुनासो सुन्ने अभियान मंसिर २ देखि ४ सम्म

काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टीले मंसिर २ देखि ४ गतेसम्म घरदैलो कार्यक्रमको खाका तय गरेको छ । प्रदेश र संघीय निर्वाचन सकिएको एक वर्ष पुगेको अवसरमा देशको गतिविधि र देखिएका कमी कम्जोरी र जनताको सुझावका लागि मंशिरमा घरदैलो अभियान संचालन गर्ने योजना तय गरेको रास्वपाले जनाएको छ ।

रास्वपाका महामन्त्री मुकुल ढकालले उक्त अभियान संचालन गरेर जनताका गुनासो बुझ्न जाने बताएका छन् । उनका अनुसार देशमा विभिन्न किसिमका गतिविधिहरु दिनप्रतिदिन बढिरहेका छन् । देशमा राजतन्त्र र गणतन्त्रबीचको लडाँई चलिरहेको छ । यसलाइै जनताले कसरी हेरेका छन । साथै देशमा भएका समसामयिक घटनाहरुका विषयमा जनताले बटुलेका गुनासा र सुझावलाई सम्बोधन गर्नका लागि अभियानको आयोजना गरिएको रास्वपाको निष्कर्ष रहेको छ ।

राष्ट्रिय स्वतन्त्र पाटीका सभापति रवि लामिछानेले अहिले नै देशमा राजतन्त्रको आवश्यकता नभएको शासनपद्धतिलाई परिमार्जन गरी कार्यान्वयनमा ध्यान दिदैँ एक पटक देशमा आएका नयाँ युवाहरुलाई अवसर दिऔँ नभएको अवस्थामा राजनीति वृतमा छलफल गर्न आवश्यक हुने बताउँदै आएका छन् ।

कात्तिक २२ र २३ गतेका लागि तय भई स्थगित गरेको केन्द्रीय र संसदीय दलको बैठक मंसिर ११ देखि १३ सम्म महोत्तरीको जलेश्वरमा गर्न लागिएको छ । उक्त बैठकमा अधिवेशनको प्रक्रिया र विधि माथि छलफल हुने महामन्त्री ढकालले जानकारी दिए । रास्वपाका अनुसार छलफलको एजेण्डामा सभापति रवि लामिछाने राजनीतिक प्रतिवेदन पेश गर्नेछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *