
काठमाडौं । विहिबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्बजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले मन्त्रिपरिषद्को बैठकका निर्णय सार्बजनिक गरेकी हुन् ।
बैठकले एशियाली विकास बैंकबाट बजेट सहायताको रुपमा प्राप्त हुने १० करोड अमेरिकी डलर करिव १३ अर्ब २६ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले गणतन्त्र पोर्चुगलका लागि नेपाली राजदुत पदमा पाल्पाका शनिल नेपाललाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बैठकका निर्णयहरु:

