विश्व

युक्रेन सैन्य अपरेसनको निगरानी गर्न पुटिनद्वारा सैन्य मुख्यालयको भ्रमण

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन हमलाको निरीक्षण गर्न रोस्तोभ–अन–डनमा रहेको सैन्य मुख्यालयको अचानक भ्रमण गरेका क्रेमलिनले शुक्रबार बताएको छ ।

एक महिनाभन्दा कम समयमा रोस्तोभ–अन–डनको यो उनको दोस्रो भ्रमण हो । बिहीबार कजाकिस्तानको आफ्नो औपचारिक भ्रमण पूरा गरेपछि पुटिनले रोस्तोभ–अन–डनमा रहेको रुसी सशस्त्र बलको मुख्यालयको भ्रमण गरेका क्रेमिलनले विज्ञप्तिमार्फत जनाएको छ । उनिसँग रक्षामन्त्री सर्गेई सोइगु र युक्रेनमा सैन्य अपरेसनका कमान्डर भालेरी गेरासिमोभ पनि थिए ।

मुख्यालयमा राष्ट्रपति पुटिनलाई नयाँ सैन्य उपकरण देखाइएको र युक्रेनमा सैन्य अपरेसनका बारेमा जानकारी दिइएको विज्ञप्तिमा उल्लेख छ ।

पुटिन अन्तिम पटक अक्टोबरको अन्त्यमा रोस्तोभ–अन–डनमा थिए । त्यहाँ उनले क्रेमलिनले युक्रेन विशेष सैन्य अपरेसनलाई के भन्छ भन्नेबारेमा सैन्य अधिकारीहरूसँग कुराकानी गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *