
काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल हिलालले अल टावोउनमाथि जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अल हिलालले अल टावोउनमाथि २-० गोल अन्तरको जित हासिल गरेको हो ।
अल हिलालको जितमा अलेक्जेन्डर् मिट्रोभिक् र् मोहमद कान्नोले एक एक गोल गरेका थिए ।
यो यस सिजनमा अल हिलालको ११औं जित हो । १३ खेलमा अपराजित रहेको अल हिलालको ३५ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ ।
त्यसैगरी अल टावोउनको १३ खेलमा २५ अंक रहेको छ र अंक तालिकामा चौथो स्थानमा रहेको छ ।