
काठमाडौँ । करिम बेन्जमाको ह्याट्रिकमा अल इत्तिहादले अभा क्लबलाई पराजित गरेको छ । साउदी प्रो लिग अन्तर्गतको गएराती सम्पन्न खेलमा अल इत्तिहादले अभालाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।
अल इत्तिहादको जितमा करिम बेन्जमाले ह्याट्रिक गरेका थिए । उनले खेलको ३८औँ, ६७औं र ६९औँ मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेका थिए ।
यस सिजनको लिगमा बेन्जमाके योसहित ११ खेलमा ८ गोल गरेका छन् ।
इत्तिहादले आफ्ना मुख्य प्रशिक्षक नुनो सान्तोलाई यसै साता बर्खास्त गरेपछि खेलेको खेलमा जित हासिल गरेको हो । प्रशिक्षकलाई बर्खास्त गरेपछि बेन्जमाले ह्याट्रिक गरेका छन् । बेन्जमासँग विवाद भएपछि क्लबले प्रशिक्षक नुनोलाई बर्खास्त गरेको बताइएको थियो ।
त्यसैगरी इत्तिहादका लागि अर्को गोल इगोर कोरोनाडोले गरेका थिए । त्यस्तै अभाका लागि कार्ल तोको र् फहाद अल जुमायाहले एक एक गोल गरेका थिए ।
यो जितपछि इत्तिहादको १३ खेलमा २४ अंक भएको छ र लिगमा पाँचौं स्थानमा उक्लिएको छ । त्यस्तै अभाको १३ खेलमा १३ अंक रहेको छ र लिमा १३औं स्थानमै रहेको छ ।