खेलकुद

वोल्भ्ससँग टोटनह्याम स्तब्ध

काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत टोटनह्याम वोल्भ्ससँग स्तब्ध भएको छ ।

शनिबार सम्पन्न खेलमा वोल्भ्सले ९० मिनेटपछिको इन्जुरी समयमा २ गोल गर्दै टोटनह्याममाथि रोमाञ्चक जित हासिल गरेको हो । वोल्भ्सका लागि खेलको ९१औ मिनेटमा पाब्लो सर्बियाले र ९७औं मिनेटमा मारियो लेमिनाले गोल गरेका थिए ।

त्यस्तै टोटनह्यामका लागि एक गोल खेलको तेस्रो मिनेटमा नै बेर्ननान जोन्सनले गरेका थिए ।

यस सिजनमा वोल्भ्सको यो चौथो जित हो । यो जितपछि वोल्भ्सको १२ खेलमा १५ अंक भएको छ र लिगमा १२औं स्थानमा रहेको छ ।

त्यसैगरी टोटनह्यामले भने यस सिजनमा दोस्रो लगातार हार बेहोरेको छ ।अघिल्लो खेलमा चेल्सीसँग हारेको टोटनह्याम यो खेलमा अन्तिम समयमा सम्हालिन नसक्दा अप्रत्याशित हार बेहोरेको छ ।

यो हारसँगै टोटनह्यामको १२ खेलमा २६ अंक रहेको छ र लिगमा अहिले दोस्रो स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *