राजनीति

फजुल खर्च रोक्न र संसद् विकास कोषको रकम पुनर्निर्माण कोषमा जम्मा गर्न सरकारलाई महामन्त्री थापाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा सरकारलाई फजुल खर्च रोक्न र संसद् विकास कोषको रकम पुनर्निर्माण कोषमा जम्मा आग्रह गरेका छन् ।

महामन्त्री गगन थापाले आइतबार सामाजिक संजालमा एक पोष्ट गर्दै भूकम्प पिडितको उद्धार र व्यावस्थापनका लागि फजुल खर्च रोक्न र संसद् विकास कोषको रकम पुनर्निर्माण कोषमा जम्मा आग्रह गरेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेरै उक्त दुई वटा कुरा तत्काल गर्न आग्रह गरेको महामन्त्री थापाले उल्लेख गरेका छन् । सरकार आफैँले तत्काल गर्न सक्ने यति काम सुरु गरेपछि बल्ल अन्य सहयोगी दाताहरू तथा अन्यत्रबाट सहयोग माग्ने, व्यवस्थापन र परिचालन गर्ने नैतिक बल सरकारलाई प्राप्त हुने उनको तर्क रहेको छ ।

महामन्त्री थापाले केही दिन अघि जाजरकोट पश्चिम रुकुममा गएर भूकम्पबाट प्रभावित नागरिहरुका लागि स्थायी आवासको संरचना निर्माण गर्ने क्रममा भूकम्पबाट प्रभावित भएकाहरुको तत्काल व्यावस्थापनका लागि सबै पक्षले अस्थायी आवास निर्माण जोड दिनुपर्ने बलियो नमु्ना सन्देश दिएपछि अहिले विभिन्न राजनीति दल तथा संघसस्थाहरु लागि परेका छन् ।

उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पोष्टमा एक, सरकारबाट भइरहेका फजुल खर्च रोक्नुहोस् र भूकम्प प्रभावित क्षेत्रलाई प्राथमिकता दिएर काम गर्नुहोस्। अनि बल्ल, सरकारको गम्भीरता देखिन्छ। दुई, ‘संसदीय कोष’ भनेर चिनिने ‘संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ को लागि छुट्टाएको करिब ८ अरब २५ करोड रुपैयाँ पुनर्निर्माण कोषमा जम्मा गर्नुपर्ने कुरा उल्लेख गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *