देश

नेपाल एयरलाइन्सको हवाईजहाजमा समस्या देखिएपछि उडान स्थगित

काठमाडौं । हुम्लाको सिमकोट विमानस्थलबाट बाँकेको नेपालगञ्ज उड्न लागेको नेपाल एयरलाइन्सको हवाईजहाजमा देखिएको प्राविधिक समस्याका कारण बोर्डिङ पास लिएर हवाई जहाजमा चढिसकेका यात्रुहरुलाई पुनः विमानस्थलमै झारिएको छ ।

सोमबार बिहान आठ बजेको समयमा नेपाल एयरलाइन्सको नाइन एन–एबीयू कलसाइनको हवाई जहाज नेपालगञ्जबाट सिमकोट गएर पुनः नेपालगञ्ज फर्किने तयारीमा रहेको बेला जहाजमा प्राविधिक समस्या देखा परेको थियो । हवाई जहाजमा यात्रुहरु चढिसकेको विमानमा प्राविधिक समस्या आएपछि यात्रुलाई सुरक्षित स्थानमा झारिएको हो ।

जहाजमा देखिएको समस्या समाधानका लागि हवाईजहाजमा सवार यात्रुहरुलाई झार्दा दुर्घटनाबाट हुने क्षेति हुनबाट जोगिएको छ तर समयमा गन्तव्य स्थलसम्म यात्रुहरु समयमा पुग्न नसक्दा उनीहरुलाई समस्या पैदा भएको छ ।

नेपालगन्जबाट हवाई जहाज बनाउन प्राविधिक बोलाइएपछि जहाज बनिनसकेको सिमकोट विमानस्थल टावरले जानकारी दिएको छ ।हवाईजहाजमा देखिएको समस्याका बारेमा पूर्ण विवरण भने सार्वजनिक भएको छैन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *