
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा प्रयोग गर्न आग्रह गरेका छन् । मंगलबार काठमाडौंमा नेपाल संवत ११४४ को कार्यक्रमलाई सम्बोधन गर्दै उनले काठमाडौं महानगरपालिकाले पहिल्यैबाट नेपाल संवतको प्रयोग गरिरहेको र देशभर नै सबैले प्रयोग गर्न आवश्यक रहेको धारणा राखेका हुन् ।
नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा प्रयोग गर्न सरकारले मुख्य भुमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ । आगामी वर्षसम्म नेपाल संवत राष्ट्रिय रुपमा नै प्रयोग हुने विश्वास व्यक्त गर्दै उनले भने,‘नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा प्रयोग गर्नुहुन आग्रह छ ।’