मनोरञ्जन

शिव परियारले गरे भूकम्प पिडितका लागि ५० हजार आर्थिक सहयोग

काठमाडौं । गायक शिव परियारले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि ५० हजार रुपैयाँ सहयोग गरेका छन् । क्यानडास्थित नेपाली संस्था नेप्लिज क्यानेडियन कम्युनिटी सर्भिस (एनसीसीएस)ंको अभियानमार्फत सहयोग रकम हस्तान्तरण गरेको उनले बताए ।

‘भूकम्पबाट ठूलो जनधनको क्षति व्यहोरिरहेका दाजुभाइ/दिदीबहिनीको पीडामा केही सहयोग पुग्ने उदेश्यले उक्त रकम हस्तान्तण गरिएको उनले बताए । नडाक्यास्थित एनसीसीएस संस्थाकी अध्यक्ष विना बर्मा र जाजरकोट स्थायी घरभएका हाल क्यानडामै बसोबास गर्दै आएका कर्ण बटाला आवद्ध यो संस्थाको अभियानमार्फत सहयोग रकम हस्तातरण गरेको उनको भनाइ छ ।

गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको ६। ४ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १५७ जनाको मृत्यु भएको थियो भने थुप्रै घाइते छन् । भूकम्प पीडितहरुका लागि विभिन्न व्यक्ति र संघसंस्थाले समेत राहत संकलन तथा वितरण गरिरहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *