बागमती प्रदेश

ललितपुर : मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १० तखेलमा भएको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

ललितपुर प्रहरीका अनुसार गएराति तखेल चोकमा बा ६० प ५१९५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सिन्धुलीको मरिण गाउँपालिकाका २५ वर्षीय विजय माझी र २४ वर्षीय राम माझीको मृत्यु भएको छ । उनीहरु सवार मोटरसाइकल मंगलबार बेलुकी ६ः४५ बजेतिर तखेल चोकमा सडक छेउँमा रहेको रुखमा ठोक्किएको थियो ।

दुर्घटनामा घाइते भएका दुवैजनालाई पाटन अस्पताल लगिएकोमा डाक्टरहरुले मृत घोषणा गरेको ललितपुर प्रहरी प्रमुख सिद्धिविक्रम शाहले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *