
काठमाडौं । नुवाकोटको विदुर नगरपालिका–२, विदुरस्थित नर्थ भ्यू होटेलबाट जुवातास (कौडा) खेलिरहेको अवस्थामा २१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा नगरपालिका–५ बस्ने ३६ वर्षीय रवीन्द्र आचार्यसमेत २१ जनालाई गएराति प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
होटेलमा जुवातास खेलिरहेको गोप्य सुचनाका आधारमा प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले उनीहरूबाट नगद ६ लाख ५२ हजार १९२ रूपैयाँसहित नियन्त्रणमा लिएको नुवाकोट प्रहरीले जनाएको छ ।