कर्पोरेट

नेपालमा मासिक २ अर्ब रुपैयाँको ब्याण्डविथ प्रयोग, ७० प्रतिशत टिकटकमै

काठमाडौं । नेपालमा मासिक २ अर्ब रुपैयाँको ब्याण्डविथ प्रयोग हुने गरेकोमा ७० प्रतिशत टिकटकमैँ प्रयोग हुने गरेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । इन्टरनेट सेवा प्रदायक (आईएसपी)हरुले विदेशबाट ब्याण्डविथ आयात गरेर नेपाल ल्याउने गरेका छन् ।

प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रका अनुसार नेपालमा मासिक २ अर्बको ब्याण्डविथ आयात हुने र त्यसको करिब ७० प्रतिशत टिकटकमा मात्रै प्रयोग हुने गरेको छ ।

प्रतिमहिना नेपालमा २ अर्ब रुपैयाँ बराबरको ब्याण्डविथ टिकटकमा नै प्रयोग हुँदै आएको छ । करिब १ अर्ब ४० करोडको ब्याण्डविथ टिकटकमा मात्रै प्रयोग हुने उनको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *