
काठमाडौं । ११ ओभरमै भारतले गुमायो तेस्रो विकेट काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटको फाइनल खेलमा सुरुवातमा उत्कृष्ट ब्याटिङ गरेको भारतको पारी लड्खडाएको छ ।
११ ओभरमै भारतले तीन विकेट गुमाएको छ । पहिलो विकेटअन्तर्गत भारतले सुभनम गिललाई चार रनमै गुमाएको थियो । त्यसपछि कप्तान रोहित शर्मा ३१ बलमा ४३ रन बनाएर आउट भए । रोहितपछि आएका श्रेयस ऐयर पनि सस्तोमै आउट भए । १२ ओभरको खेल सकिँदा भारतले ८७ रन बनाएको छ । विराट कोहली २६ र केएल राहुल चार रन बनाएर क्रिजमा छन् ।