
काठमाडौं । रौतहटबाट चार थान अत्याधुनिक हतियार बरामद काठमाडौं । सशस्त्र प्रहरी बलले रौतहटबाट चार थान अत्याधुनिक हतियार बरामद गरेको छ ।
इन्टिलिजेन्स ब्युरोले रौतहटस्थित यमुनामाई नगरपालिका–३ स्थित एक घरबाट आइतबार दिउँसो ९ एमएम पेस्तोल ३ नाल, त्यसमा लाग्ने गोली १३ वटा, म्याग्जिन ६ वटा तथा एयरगन एउटा बरामद भएको सशस्त्र प्रहरीका सहप्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले जानकारी दिए ।
घरमा हतियार लुकाएर राखिएको भन्ने विशेष सूचनाका आधारमा ब्युरोले आइतबार दिउँसो खानतलासी गरेको थियो । बरामद हतियारमध्ये २ नाल पेस्तोल मेड इन यूएसए र एक नालमा मेड इन इन्डिया लेखिएको सशस्त्र प्रहरीले जनाएको छ । हतियारसहित मोबाइलको सिमकार्ड, मोबाइल, सेख एजाज अहमदको नाममा जारी गरिएको नागरिकतासमेत बरामद भएको डीएसपी थापाले बताए ।