विश्व

आफ्नै अस्पतालमा इण्डोनेसियाली सेनाको आक्रमण

काठमाडौं । गाजास्थित इण्डोनेसियाली अस्पतालमा आफ्नै सेनाले आक्रमण गरेको छ । यसअघि त्यहाँको सबैभन्दा ठूलो अस्पताल अल–शिफा अस्पतालमा कारबाही चलाएको इजरायली सेनाले इण्डोनेसियाली अस्पताल बाहिर लडाकु जहाजबाट बम वर्षा गरेको अलजजिराले उल्लेख गरेको छ ।

युद्धका घाइतेलाई भर्ना गरिएको इण्डोनेसियाली अस्पतालमा पनि हमास लडाकु लुकेको भन्दै सेनाले आक्रमण गरेको हो । यता अल–शिफा अस्पतालमा अब घाइते मात्रै बाँकी रहेको जनाइएको छ । यो अस्पतालबाट आइतबार ३२ नवजात शिशुसहित स्वास्थ्यकर्मीलाई बाहिर निकालिएको थियो । साढे २०० भन्दा बढी घाइते निस्किन नसकेर अस्पतालमै रहेको जनाइएको छ ।

यसैबीच गाजाको खान युनिसस्थित शरणार्थी शिविरमा खानेपानीको हाहाकार भएको छ । बाढीको चपेटामा परेका विस्थापित संयुक्त राष्ट्रसंघीय शिविरमा खानेपानीका लागि लाइन लागेका छन् । सार्वजनिक भएका तस्विरमा बाढीले जलमग्न भएको क्षेत्रमा कयौँ मानिस खानेपानीका लागि लाइनमा लागेको देखिन्छ । इजरायलले जारी राखेको आक्रमणमा ७ अक्टोबरयता १३ हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु भइसकेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *