गण्डकी प्रदेश

जिप दुर्घटनामा गम्भीर घाइतेलाई नेपालगन्ज लान गृह मन्त्रालयसँग हेलिकप्टरकाे माग

काठमाडौँ । रुकुम–पश्चिममा सोमबार बिहान जिप दुर्घटनामा परी घाइते भएकाहरुलाई नेपालगञ्ज लाने तयारी भएको छ । दुर्घटनामा परी गम्भिर घाइते भएकाहरुलाई नेपालगञ्ज पठाउनका लागि गृहमन्त्रालयसमक्ष हेलिकप्टर मागिएका चौरजहारी नगरपालिकाका नगर(प्रमुख पुष्प बादीले जानकारी दिए। उनका अनुसार घाइतेहरुलाई थप उपचारका लागि हेलिकप्टरमार्फत नेपालगन्ज लाने तयारी भइरहेको छ ।

रुकुम–पश्चिमको चौरजहारी नगरपालिका–८ गोइरीज्युलाको कालेगाउँ पुलनजिक बिहान ९ बजेतिर लु १ ज २२९७ नम्बरको जिप सडकबाट खस्दा २२ जना घाइते भएका छन्। तीमध्ये ७ जनाको अवस्था गम्भीर रहेको प्रहरी स्रोतले जनाएको छ । जिप सडकबाट १५० मिटर तल भेरी नदीको किनारमा खसेको थियो । अहिले प्रहरी र स्थानीयहरु मिलेर घाईतेको उद्धार पश्चात चौरजहारी अस्पताल लगिएको स्रोतले जनाएको छ ।

नगर–प्रमुख बादीका आधार ‘गम्भीर घाइते दुई जना बालबालिकालाई एम्बुलेन्समार्फत चौरजहारी अस्पतालले बाहिर रिफर गरिसकिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *