सम-सामयिक

टिकटक प्रतिबन्धविरुद्धको रिट हेर्न नभ्याइने सुचीमा

काठमाडौं । सरकारले सामाजिक संजाल टिकटकमा लगाएको प्रतिबन्ध विरुद्ध सर्वोच्च अदालनमा परेको रिटको सुनुवाई आज नहुने भएको छ । न्यायाधीश कुमार चुडालको इजलासमा परेको मुद्दा ‘हेर्न नभ्याइने’ भएपछि आजको सुनुवाइ नभएको हो ।

सरकारले सामाजिक सञ्जाल टिकटकका कारण सामाजिक सदभाव बिथोलिने गतिविधि बढिरहेको निष्कर्ष निकाल्दै गत सोमबार नेपालभित्र ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको थियो। सरकारको निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता डा. सुनीलरञ्जन सिंह, अधिवक्ता सरिता थापालगायतले सर्वोच्चमा रिट दायर गरेका हुन्। सर्वोच्च अदालतमा नेपालमा सामाजिक संजाल टिकटक प्रतिबन्ध लगाउन नहुने र सरकारले टिकटकमाथि लगाएको प्रतिबन्ध सर्वोच्चले खारेज गरिदिनुपर्ने जस्ता १० रिट दर्ता भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *