
काठमाडौं।टीकापुर हत्याकाण्डका थप कैदीको सजाय मिनाहा दिने राष्ट्रपतिको निर्णयविरुद्धको निवेदन सोमबार पनि ‘हेर्न नभ्याइने’ भएको छ।
निवेदन न्यायाधीश कुमार चुडालको इजलासमा पहिलो नम्बरमै पेसी चढेको भए पनि ‘हेर्न नभ्याइने’मा परेको सर्वोच्च प्रशासनले जनाएको छ । न्यायाधीश चुडाल अर्को संयुक्त इजलासमा व्यस्त हुनुपरेकाले एकल इजलासका मुद्दाहरू ‘हेर्न नभ्याइने’मा राखिएका हुन्।
शारदा कडायत, मन्धरादेवी विष्टलगायतले दिएको निवेदन अहिलेसम्म चारपटक पेसी चढिसकेको भए पनि अहिलेसम्म सुनुवाइ हुन सकेको छैन ।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको अवसर पारी कैद मिनाहा गरिदिएपछि हरिनारायण चौधरी, वीरबहादुर चौधरी, प्रदीप चौधरीलगायत गत असोज ३ गते रिहा भएका थिए ।