कर्णाली प्रदेश

५ जिल्लामा अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता

काठमाडौं । भूकम्प प्रभावित जिल्लामा अस्थायी आवास निर्माणका लागि सरकारले पहिलो किस्ताको रकम निकासा गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पहिलो किस्ताको रकम निकासा गरिएको जानकारी दिएको हो । सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुको नाममा सो रकम सोमबार निकासा भएको प्राधिकरणले जनाएको छ ।

जाजरकोट र पश्चिम रुकुमका लागि ५०–५० करोड, बझाङका लागि २५ करोड, बाजुराका लागि १४ करोड र सल्यानका लागि दुई करोड गरी जम्मा एक अर्ब ४१ करोड निकासा भएको छ । प्राधिकरणले निकासाबारे गृह मन्त्रालयलाई जानकारी गराएको छ ।

पहिलो किस्ता २५ हजार रुपैयाँ पाउने प्रबन्ध मिलाइएको छ । साथै निर्माण सम्पन्न भएपछि दोश्रो किस्ता २५ हजार रुपैयाँ निकासा गर्न सकिनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *