देश

टिकटक प्रतिबन्धको विरुद्धमा सर्वोच्चमा थप एक रिट दर्ता

काठमाडौं । नेपाल सरकारले नेपालमा लगाएको टिकटक प्रतिबन्धको विरुद्धमा थप एक रिट सर्वोच्चमा दर्ता भएको छ । .सोमबार अधिवक्ता जगन्नाथ दुलालले टिकटक प्रतिबन्ध लगाएको सरकारकाे विरुद्धमा रिट दायर गरेका हन् ।

रिटमा टिकटक प्रतिबन्धका कारण संविधानले ग्यारेन्टी गरेको अभिव्यक्ति स्वतन्त्रताको हक कुण्ठित हुन गएकाले सरकारको निर्णय खारेजीको माग गरिएको छ । यसअघि गत शुक्रबार १० वटा रिट सरकारको निर्णयका विरुद्धमा दर्ता भइसकेका छन् । पहिला दर्ता भएको रिटको सुनुवाई सोमबार हुन सकेन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *