राजनीति

प्रसाईँले मागे जिल्ला प्रशासनसँग शान्ति सुरक्षा

काठमाडौं । मंसिर ७ गते काठमाडौँमा गर्ने प्रदर्शनबारे मेडिकल व्यवसायी दुर्गा प्रसाईँले जिल्ला प्रशासनका कार्यालय काठमाडौंलाई जानकारी दिएका छन् । व्यावसायी प्रसाईंँले मंशिर ७ गतेका लागि तय गरेको कार्यक्रम शान्तिपूर्ण हुने भन्दै काठमाडौंँ जिल्ला प्रशासनलाई आवश्यक शान्ति सुरक्षाको प्रबन्ध मिलाइ दिन आग्रह गरेको संगठन तथा कार्यक्रम प्रमुख हरि कार्कीले जानकारी दिए ।

काठमाडौं जिल्ला प्रशासनले मंशिर ७ गते हुने प्रदर्शनका लागि माइतीघर मण्डला र नयाँ बानेश्वरमा रोक लगाएपछि व्यवसायी प्रसाईँले प्रशासनलाई जानकारी गराउदैँ सुरक्षाको माग गरेका हुन । उनका अनुसार अहिले प्रदर्शनका लागि स्थान भने तोकिएको छैन् । प्रसाईँले अन्तिम समयमा मात्रै कार्यक्रम गर्ने स्थान सार्वजनिक गर्ने बताए । नेकपा एमालेका नेता महेश बस्नेतले २३ वटा जनवर्गीय र पेसागत संगठनको प्रदर्शन पनि त्यही दिन माइतीघरमा गर्ने भनेर सरकारलाई यसअघि नै जानकारी गराइसकेका छन्। यता प्रशासनले भने बस्नेत र प्रसाईं दुवै पक्षलाई माइतीघर मण्डलमा कार्यक्रम गर्न नपाउने निर्णय गरेको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले दुवै पक्षलाई उक्त स्थानमा कार्यक्रम गर्न नदिने जनाएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सोमबार एक विज्ञप्ती जारी गर्दै पद्मोदय मोडदेखि, माइतीघर, बबरमहल र नयाँबानेश्वर चोकसम्म निधेषित क्षेत्र घोषणा गरेको छ । युवा संघले सरकार र अराजकतावादीविरुद्ध युवा विद्यार्थीको शक्ति प्रदर्शन गर्ने भनेका छन् भने प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका रुपमा पदर्शन गर्ने भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *