देश

मंसिर ७ गते युवा संघले तीनकुनेमा प्रदर्शन गर्ने

काठमाडौं । नेकपा (एमाले) निकट युवा संघले मंसिर ७ गते गर्ने प्रदर्शनस्थल परिवर्तन गरेको छ ।

यसअघि माइतीघर मण्डलामा प्रदर्शन गर्ने तय भएकोमा प्रशासनले माइतीघरदेखि नयाँ बानेश्वरसम्म निषेधाज्ञा जारी गरेपछि स्थान परिवर्तन गरेर तीनकुनेमा गर्ने निर्णय भएको हो ।

युवा संघका अध्यक्ष क्षितिज थेबेले सोमबार विज्ञप्ति जारी गर्दै माइतीघर मण्डलामा आयोजना गरिएको कार्यक्रम उही समयमा तीनकुनेमा सारिएको जानकारी दिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *