
दाङ । नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सभापति अमर पुनले प्रदेश सरकार गठनमा केन्द्रबाट सहमति गराउन खोजे सरकारबाट बाहिरिने बताएका छन् ।
मङ्गलवार नेपाली काङ्ग्रेसका कार्यकर्ता सँग भेटघाट तथा चियापान कार्यक्रम तुलसीपुरमा सभापति पुनले यस्तो बताएका हुन् ।
सोमबार सत्ता साझेदार माओवादीका नेताहरूसँग भएको छलफलमा माओवादीका नेता वर्षमा पुनले यहाँ सहमति नभए केन्द्रीय स्तरबाट सहमति हुने सङ्केत गरे पछि सभापति पुनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
सभापति पुनले प्रदेश सरकार गठनमा कुनै पनि मन्त्रालय नबढाउने गरि पूर्णता दिने काङ्ग्रेस प्रदेश समितिको वटमलाईन भएको प्रतिक्रिया पछि माओवादी उपसचिव पुनले केन्द्र स्तर वाट मिल्छ भन्ने कुरा राखेका थिए ।
सभापति पुनले काङ्ग्रेस सरकार छोड्न तयार रहेको समेत सङ्केत गरे । केन्द्र वाट सहमति भए काङ्ग्रेस प्रदेश सरकारबाट बाहिरिने सभापति पुनले बताए ।