
काठमाडौं । पूर्वएआईजी रणबहादुर चन्दले आफू ‘हनी ट्र्यापिङ’ मा परेको बताएका छन्। मंगलबार बिहान र दिउँसो उनले सामाजिक सञ्जाल फेसबुकमार्फत केहीबेरमा हनी ट्र्यापरको नाम पनि सार्वजनिक गर्ने उल्लेख गरेका छन्।
‘मेरो जीवनमा धोका दिने एकजना, नाम सार्वजनिक गर्दै छु,’ उनले बिहान १० बजे लेखेका थिए । त्यसलगत्तै २ः१३ मा अर्को स्टाटसमा चन्दले लेखेका छन्, ‘त्यो हनी ट्र्यापर हो। एक घन्टामा नाम सार्वजनिक गर्दै छु।’
केही दिनअघि उनी आफूलाई सामाजिक अभियन्ता बताउने तारा बरालसँग सुकुटे बिचमा भेटिएका थिए । बरालले चन्दले आफूसँग विवाह गर्ने सहमति गरेको सावृजनिक गरेकी थिइन् । सामाजिक सञ्जालमा उक्त सहमति कागज भाइरल बनेपछि चन्दले आफूले नशाको तालमा उक्त सहमतिमा हस्ताक्षर गरेको बताएका थिए। त्यसपछि बराल आक्रोशित बनेकी इिन् ।
उनले चन्दले दुईजनाबीच भएको सहमति तोडेको आरोप लगाएकी थिइन्। चन्दलाई हनी ट्रयापिङमा पार्ने महिला तिनै बराल त होइनन् ? भन्ने प्रश्न उब्जेको छ ।