देश

सिंहदरबारमा सरकार र निजी क्षेत्रबीच छलफल जारी

काठमाडौं । अर्थतन्त्रलाई थप गति दिनेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छलफल गरिरहेका छन् । सरकारले अर्थतन्त्रको समस्यालाई छिटो, छरितो रूपमा समाधान गर्नेबारेमा हिजोदेखि छलफलको सुरुवात गरेको हो ।

सोमबार प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री निवास बालुवाटारमा अर्थमन्त्री डा. प्रकाशशरण महत, गभर्नर महाप्रसाद अधिकारीलगायतका सम्बन्धित पदाधिकारीहरूसँग छलफल गरी अर्थतन्त्रका वर्तमान समस्या छिटो समाधान गर्नुपर्नेमा जोड दिएका थिए । आज प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्र, अर्थविद्, अर्थक्षेत्रका सरोकारवालासहित प्रधानमन्त्री कार्यालय सिंहदरबारमा छलफल चलाएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रलाई अझ चलायमान गर्नका लागि सुझाव लिन मंगलबारको यो बैठक सिंहदरबारमा बोलाएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *