देश

दुर्गा प्रसाईंविरुद्ध धनुषा प्रहरीमा जाहेरी

जनकपुरधाम । जनकपुरधामस्थित एक कार्यक्रममा पुरानो राष्ट्रिय गान बजाएको भन्दै गणतन्त्रविरोधी अभियन्ता दुर्गा प्रसाईंविरुद्ध धनुषा प्रहरीमा जाहेरी दर्ता भएको छ ।

‘हिन्दू सम्राट सेना धनुषा’ले कात्तिक २८ मा आयोजना गरेको कार्यक्रममा दुर्गा प्रसाईं प्रमुख अतिथि थिए । उक्त कार्यक्रममा प्रसाईंको निर्देशनअनुसार पुरानो राष्ट्रिय गान ‘श्रीमान गम्भीर नेपाली…’ बजाइएको थियो ।

प्रसाईंले ‘राष्ट्रिय गानको अपमान गरेर अपराध गरेको’ भन्दै प्रसाईंविरुद्ध यूवा संघ नेपाल धनुषा अध्यक्ष रोषणकुमार यादवले जाहेरी दिएका हुन् । जाहेरीमा प्रसाईंलाई हदैसम्म कैद तथा जरिबाना गर्न माग गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *