विश्व

बुर्किनामा सप्ताहन्तमा भएको आक्रमणमा १५ जनाको मृत्यु

उगादुगुऊ।पूर्वी बुर्किनाफासोमा सप्ताहन्तमा ‘एकैसाथ भएको हमलामा’ १५ जना मारिएको सुरक्षा र स्थानीय स्रोतले जनाएको छ । मारिनेमा अधिकांश सर्वसाधारण रहेका छन् । जारभन्दा बढी नागरिक र सैनिकको मृत्यु भएको छ भने २० लाख मानिस विस्थापित भएका छन् ।

एक स्थानीय बासिन्दाले पछिल्लो हिंसामा पूर्वी तापोआ प्रान्तको प्रमुख सहर डायपागामा एकसाथ भएको हमलामा शनिबार तीन सैनिकसहित १५ जना मारिएको बताएका छन् । क्षेत्रीय नागरिक समाज संगठनका प्रवक्ता कोन्डिया पियरे योनलीले हताहतबारे पुष्टि गरेका हुन् ।

उनले आइतबार डायापागा नगरपालिकाको चिहानमा गाडिएका पीडितहरूको सम्मानमा मंगलबार उक्त क्षेत्रका विद्यालय, बजार र सार्वजनिक सेवाहरू बन्द गरिएको बताए। एक सुरक्षा स्रोतका अनुसार सेनाले जवाफी हमला गरिरहेको छ । स्रोतले भनेको छ, ‘पूर्वमा हवाई तथा स्थल कारबाही भइरहेको छ, कारबाहीका क्रममा ५० भन्दा बढी आतंकवादी मारिएका छन् र उनीहरूको धेरै आधारलाई नष्ट गर्ने अनुमति दिइएको छ ।’

बुर्किना फासोमा सन् २०२२ सेप्टेम्बरमा भएको कूपछि एउटा सङ्क्रमणकालीन सरकारले शासन गरिरहेको छ । जुन्ता नेतृत्वको सरकारले जिहादी विरोधीसँगको लडाइँमा १८ वर्षभन्दा माथिका पुरुषहरूलाई भर्ती गर्दै आएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *