काठमाडौं । बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले सामाजिक सञ्जालमा बचतकर्ताको पैसा फिर्ता गर्न तयार रहेको बताएका छन् । मेयर नेपाली सहकारीको रकम हिनामिना भएपछि ६ महिनादेखि फरार रहेका छन्।
उनले समाजिक संजालमार्फत मंगलबार आफ्नो नाममा रहेको घरजग्गा बचतकर्तालाई हस्तान्तरण गर्न तयार रहेको उल्लेख गरेका हुन् । इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत रहेका मेयर नेपाली बचतकर्ताको रकम तिर्न नसकेपछि गत जेठ ५ गतेदेखि फरार छन् ।
सहकारीको समस्या बचतकर्ताहरुको समस्या समाधानको लागी सम्पूर्ण बचतकर्ताहरुको नाममा उनकी श्रीमति र उनको नाममा रहेको घरजग्गा बिभिन्न मालपोत कार्यालयमा गई हस्तान्तरण गर्न आँफू तयार रहेकाले हस्तान्तरण गर्नका लागी वातावरण मिलाई दिन कानून निकाय, राजनिती दल, नागरिक समाज पत्रकार र बिभिन्न सरोकार वालाहरुलाई समेत उनले आग्रह गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी डीएसपी मदन केसीले भिडिओको विषय अनुसन्धान भैरहेको बताउदैँ सार्वजनि भिडियो भर्खर फेला परेकाले वास्तविकतावारे अनुसन्धान गर्ने जानकारी दिए । नेकपा एमालेबाट नेपालीले २०७४ र २०७९ मा ढोरपाटनको मेयर बनेका हुन् उनी संस्थापक अध्यक्ष रहेको इमेज सहकारीको मुख्य कार्यालय बाग्लुङ बजारमा रहेको छ । शाखा कार्यालयहरू पोखरा र बालगुङको हटिया र बुर्तिबाङ बजारमा समेत स्थापित रहेका छन् । सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी, प्रबन्धक शक्ति किसान र कर्मचारी लालमती रोकालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।
सहकारी समस्या परेपछी सबै सेयर सदस्य तथा बचत कर्ताहरुको बिशेष भेला राखेर बचत कर्ताको बचत फिर्ता समाधान गर्न ६ महीना को समय अबधि राखिएको थियो । तर केही साथी हरु मेरो घर मा हटियार सहित आई म लगाएत मेरो श्रीमति अनी मेरो सानो छोरी को ज्यान मार्ने धम्की समेत दिने र छ लाख बचत भएको ब्याक्तिहरुले ५ करोड को घर जग्गा मेरो नाम मा पास गरीदिने भनेर दबाब दिएको कारण ले म केही समयको लागी घर बाहिर बस्न बाध्य भएको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
मेअर नेपालीले इमेज सहकारी को समस्या मात्र नभई यो समस्या नेपालकै सबै सहकारीको समस्या भएकाले सहकारीमा देखिएको समस्या समाधान गर्ने बताए ।