बैंक/ शेयर

माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन के.सी. नियुक्त

काठमाडौं । माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन के.सी. नियुक्त भएका छन् ।

माछापुच्छ्रे बैंकको बिहीवार बसेको ४९१ औ संचालक समितिको बैंठकले रोशन के.सी. संचालक समितिको अध्यक्षमा नियुक्त गरेको हो । संचालक समितिको बैठकले निर्वतमान अध्यक्ष डा.उपेन्द्र महतोले दिएको राजीनामा स्वीकृत गर्दै रोशन के.सीलाई नयाँ अध्यक्षमा नियुक्त गरेको माछापुच्छ्रे बैङ्कले जनाएको छ ।

नव निर्वाचित अध्यक्ष के.सी. विगत ९ वर्ष देखि माछापुच्छ्रे बैंकमा आबद्ध भई २०७४÷०१÷१४ देखि २०७५÷०९÷२० गते सम्म माछापुच्छ्रे बैंकको अध्यक्षमा रहेका थिए । के.सीले अध्यक्षमा नवनियुक्त हुनु पूर्व बैंकमा संस्थापक सञ्चालकको रुपमा प्रतिनिधित्व गर्दै आएका थिए । अध्यक्षमा चयन भएका केसी एक सफल युवा व्यवसायीको रुपमा संस्थापित भई हाइड्रो , कन्स्ट्रक्सन , बैंक तथा वित्तिय संस्था एवम् अन्य क्षेत्रहरुमा पनि आबद्ध रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट