राजनीति

काठमाडौंका विभिन्न स्थानबाट दुर्गा प्रसाईँका समर्थक पक्राउ

काठमाडौं।दुर्गा प्रसाईँको ‘राष्ट्र बचाउ महाअभियान’का समर्थक पक्राउ परेका छन् । काठमाडौंका विभिन्न स्थानबाट उनीहरु पक्राउ परेका हुन् ।

पक्राउको कारण प्रहरीले खुलाएको छैन । प्रहरीले समर्थक पक्राउको यकिन तथ्याङ्क बताएको छैन । स्रोतका अनुसार ४ जना पक्राउ परेका छन् । आफ्ना समर्थकहरू पक्राउ परेपछि प्रसाईँले पत्रकार सम्मेलन गर्दैछन् ।

बिहीबार बल्खुमा भएको कार्यक्रममा प्रसाईँका कार्यकर्ताहरूले निषेधित क्षेत्र तोड्न खोजेका थिए ।

दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र बचाउ महाअभियान’ले शुक्रबार तीनकुनेमा प्रदर्शन गर्ने तयारी पनि गरेको छ । बिहान ११ बजेबाट तीनकुनेमा प्रदर्शन गर्ने तयारी प्रसाईँ समूहको छ । तर जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुर्गा प्रसाईँलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति नभएको जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *