खेलकुद

केपी ओली कप : लगातार दोस्रो जित निकाल्दै बागमती सेमिफाइनलमा

काठमाडौँ। केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले लगातार दोस्रो जित निकालेको छ ।

पोखरा रंगशालामा जारी प्रतियोगितामा कर्णाली प्रदेशलाई ९० रनले पराजित गर्दै बागमतीले बिजयी यात्रालाइ निरन्तरता दिएको हो ।

यस जीतसँगै बागमती सेमिफाइनलमा पुगेको छ । पहिले ब्याटिङ गरेको बागमतीले पूरै ओभर खेलेर ६ विकेटको क्षतिमा १८९ रन बनाएको थियो ।

बागमतीको लागि रित गौतमले ५९ बलमा १० चौका र २ छक्का प्रहार गर्दै ८२ रन बनाए, ईशान पान्डेले ३८ बलमा ४ चौका र ६ छक्का प्रहार गर्दै ७० रन जोडेका थिए भने सन्दीप लामिछानेले ४ विकेट लिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट