राजनीति

उपप्रधानमन्त्री खड्काले भने –सबै निकायको कार्यशैली र प्रतिक्रियामाथि प्रश्न उठेकाे हाे

काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले अहिले देशमा उठ्ने गरेको प्रश्न कार्यशैली र प्रतिक्रियामाथिको भएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई बोल्दै उनले यस्तो बताएका हुन् । अहिलेको प्रश्न व्यवस्थामाथि नभएर नेतृत्वले काम गर्ने प्रक्रिया र शैलीमाथि रहेको उनको भनाइ छ । नकारात्मक र भ्रमपूर्ण प्रचारले समाजमा नकारात्मक प्रभाव परेको बताउँदै यर्थाथपरक हुन समेत मन्त्री खड्काले सबैलाई आग्रह गरे ।

देशमा बेला–बेला उठ्ने गरेको प्रश्न देशमा भइरहेका गतिविधिमाथि उठ्ने गरेको उनले बताए । उनले भने,‘ हाम्रो व्यवस्थामा उठेको होइन, प्रश्न हाम्रो काम गर्ने प्रक्रियामा, शैलीमा, सुशासनको सन्दर्भमा हामीले गर्नुपर्ने समयले माग गरेअनुसारको राज्य सञ्चालनमा सबै तहका प्रदेश, संघ, स्थानीय सरकार सञ्चलनका क्रममा सुशासनको, जनताको चाहनाअनुसारको अपेक्षालाई हामीले केन्दबिन्दुमा राखेर तीब्र गतिमा गर्नुपर्ने सुधारहरुमा हाम्रो ध्यान केन्द्रित हुन जरुरी छ । अहिले भएका गतिविधिले हामीलाई त्यसतर्फ बढी केन्द्रित गराउन प्रेरित गरेको छ ।’

हरेक निकायले पार्दशी काम गर्न नसक्दा विभिन्न दलहरुले प्रश्न उठाउने गरेको मन्त्री खड्काले बताए । सरकारले संघ, प्रदेश र स्थानीय सरकार सञ्चलनका क्रममा सुशासन र जनताको चाहाना अनुरुप काम गर्न जरुरी रहेको उनले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट