काठमाडौं । सरकारले आफूलाई नजरबन्दमा राखेको भन्दै विवादास्पद निजी मेडिकल व्यवसायी दुर्गा प्रसाईले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् ।
भक्तपुरस्थित निवासमा नजरबन्दमा परेका प्रसाईले शुक्रबार बन्दी प्रत्यक्षीकरण मुद्दा दायर गरेका हुन्। अधिवक्ता सुरेन्द्र पौडेलले प्रसाईको पक्षवाट रिट निवेदन हालेका थिए । मुद्दाको आइतवार सुनुवाइ हुनेछ।