खेलकुद

ह्यारी केनको गोलमा बायर्न विजयी

काठमाडौँ । जर्मनीको बुण्डेसलिगा अन्तर्गत बायर्न म्युनिखले क्लोन क्लबलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बायर्न म्युनिखले क्लोनलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

बायर्न म्युनिखको जितमा खेलको २०औं मिनेटमा ह्यारी केनले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । ह्यारी केनको यस सिजनको लिगमा यो १८औं गोल हो ।

यो जितपछि बायर्न म्युनिख लिगको शिर्ष स्थानमा उक्लिएको छ । बायर्नको १२ खेलमा ३२ अंक भएको छ । त्यस्तै एक खेल कम खेलेको लेभरकुसेनको ३१ अंक रहेको छ ।

त्यसैगरी क्लोन भने १२ खेलमा ६ अंकसहित पुछारमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *