विश्व

मोदीले उडाए ‘तेजस लडाकु’ विमान, बाँडे यसरी अनुभव

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज लडाकु विमान तेजसबाट उडान भरेका छन् । तेजस चढेपछि उनले सामाजिक सञ्जालमा आफ्नो अनुभव सेयर गरेका छन् ।

उनले लेखेका छन्, ‘आज तेजसमा उडेर म गर्वका साथ भन्न सक्छु कि हाम्रो कडा परिश्रम र समर्पणका कारण हामी आत्मनिर्भरताको क्षेत्रमा विश्वमा कसैभन्दा कम छैनौँ । भारतीय वायुसेना, डीआरडीओ र एचएएल साथै सबै भारतीयहरूलाई हार्दिक बधाई ।’ एजेन्सी

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *