खेलकुद

नेपाल सुपर लिग : आज झापा र इलाम एफसी खेल्ने

काठमाडौं।नेपाल सुपर लिग (एनएसएल) फुटबलको दोस्रो संस्करणअन्तर्गत आज झापा एफसी र स्पोर्टिङ इलाम डे मेची एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ साढे ५ बजे सुरु हुनेछ ।

प्रतियोगितामा इलामले आज दोस्रो खेल खेल्न लागेको हो भने झापा पहिलो खेल खेल्दैछ । इलाम उद्घाटन खेलमा काठमाडौँसँग पराजित भएको थियो । प्रतियोगितामा दुवै टोली नवप्रवेशी हुन् ।

शुक्रबारबाट सुरु भएको खेलमा ९ टोली सहभागी छन् । जसमा साविक विजेता काठमाडौं रेजर्स, उपविजेता धनगढी एफसी, बुटवल लुम्बिनी एफसी, ललितपुर एफसी, एफसी चितवन, पोखरा थन्डर्स, झापा एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी र वीरगन्ज युनाइटेड एफसी छन् ।

हिजोसम्म भएका खेलमा साविक विजेता काठमाडौँ, साविक उपविजेता धनगढी एफसी, ललितपुर र पोखरा थन्डर्सले विजयी सुरुवात गरेका छन् ।

प्रतियोगिता पुस २१ गतेसम्म सञ्चालन हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *