देश

प्रहरीको क्यान्टिनमै मिनरल वाटरको बोतलमा कीरा भेटियो, उत्पादक कम्पनीलाई एक लाख जरिवाना

काठमाडौं।प्रहरी वृत्त महाराजगञ्जको क्यान्टिनमा बिक्रीका लागि राखिएको मिनरल वाटरको बोतलमा कीरा भेटिएको छ ।

कीरा भेटिएसँगै पानी उत्पादक कम्पनी एएण्डबी बेभरेज प्रालिलाई काठमाडौं महानगरपालिकाले १ लाख रुपैयाँ जरिवाना तिराएको छ । क्यान्टिनमा बिक्रीका लागि राखिएको मिनरल वाटरको बोतलमा कीरा भेटिएपछि प्रहरीले आइतबार कम्पनीविरुद्ध महानगरमा उजुरी दिएको थियो ।

कागेश्वरी मनोहरा नगरपालिका–६ को ठेगाना रहेको एएण्डबी बेभरेज प्रालिलाई महानगरले अब अर्कोपटक सोही अवस्था फेला परेमा कडा कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

यस्तै पानी बोतलमा भर्नु अगाडि बोतल अनिवार्य रुपमा निर्मलीकरण गर्नुपर्ने, समय समयमा पानीको ल्याब परीक्षण गर्नुपर्ने निर्देशन महानगरले दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट