खेलकुद

नेपाल सुपर लिग : आज काठमाडौँ रेजर्स र एफसी चितवन भिड्ने

काठमाडौँ।नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आजबाट दोस्रो चरणको खेल हुँदैछ । आज साविक विजेता काठमाडौँ रेजर्स र एफसी चितवनबीच प्रतिस्पर्धा हुँनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ५ बजे सुरु हुने खेलमा आज काठमाडौँ लगातार दोस्रो जित निकाल्ने योजनामा रहँदा एफसी चितवन पहिलो जितको खोजीमा हुनेछ ।

काठमाडौँले पहिलो खेलमा स्पोर्टिङ इलामलाई हराउँदै प्रतियोगितामा सुखद सुरुवात गरेको थियो भने चितवन पोखरा थन्डर्ससँग पराजित भएको थियो ।

जारी लिगमा काठमाडौँले एक खेलबाट ३ अङ्क जोडेको छ भने चितवन अंकविहीन छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *