राजनीति

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्धारा अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन विरूद्ध प्रदर्शन

काठमाडौं । मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीले अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)विरूद्ध प्रदर्शन गरेको छ । मंगलबार मध्यान्ह १२ बजे शान्ति बाटिकामा विरोध प्रदर्शन गरिएको हो ।

नेता सिपी गजुरेलका अनुसार ‘राष्ट्रियता, स्वाधीनता, महँगी, भ्रष्टाचार लगायत विषयमा पनि पार्टीले प्रदर्शन गरेको हो । ‘आन्दोलनलाई थप प्रभावकारी बनाउन राष्ट्रवादी पक्षधरसँग एलायन्सको तयारी भइरहेको उनले बताए । बिस्तारै पार्टीको मोर्चाले आन्दोलन योजनाबद्ध रूपमा अगाडि बढाउने तयारी भइरहेको उनको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *