देश

सातै प्रदेशका गृहमन्त्रीले उपप्रधानमन्त्री श्रेष्ठलाई बुझाए ज्ञापनपत्र

काठमाडौँ । सतै प्रदेशका गृहमन्त्रीहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेट गरेका छन्।

उनीहरूले मंगलबार अपराह्न गृहमन्त्री श्रेष्ठलाई भेटेर प्रहरी समायोजन गर्न माग गर्दै ज्ञापनपत्रसमेत बुझाएका छन्। प्रहरी समायोजनको विषयमा दबाब दिन सातै प्रदेशका गृहमन्त्रीहरू यतिबेला काठमाडौँमा छन्। भेटवार्ता जारी छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर प्रहरी समायोजनको विषयमा दबाब दिन उनीहरू काठमाडौँ आएका हुन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *