खेलकुद

टी-२० सिरिजमा अस्ट्रेलियाको कमब्याक, भारतमाथि ५ विकेटको जित

काठमाडौँ । जारी टी -२० सिरिजको तेस्रो खेलमा अस्ट्रेलियाले भारतलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अस्ट्रेलियाले भारतलाई ५ विकेटले पराजित गरेको हो ।

भारतले दिएको २२३ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

अस्ट्रेलियालाई जिताउनेक्रममा ग्लेन म्याक्सवेलले ४८ बलमा अविजित १०४ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले रुतुराज गायकवाडको ५७ बलमा १२३ रनको मद्धतले २० ओभरमा ३ विकेट गुमाउदै २२२ रन बनाएको थियो ।

५ खेलको यस सिरिजमा अस्ट्रेलियाले लगातार २ खेलको हारपछि कमब्याक गरेको छ । अस्ट्रेलियाको यो जितपछि सिरिजमा भारत २-१ ले अगाडी रहेको छ ।

अब सिरिजको चौथो खेल शुक्रबार हुने तालिका रहेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *