देश

नक्कली भुटानी शरणार्थी प्रकरण : आज निवेदक पक्षको जवाफी बहस,आजै आदेश आउने सम्भावना

काठमाडौं।नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा उच्च अदालत पाटनमा आज निवेदक पक्षको जवाफी बहस हुने भएको छ।

काठमाडौं जिल्ला अदालतथको थुनछेक आदेशविरुद्ध उच्च पुगेका सबैको निवेदनमा एकैपटक सुनुवाइ भइरहेको हो। बुधबार सरकारी वकिलले बहस सकेपछि आज निवेदकका कानुन व्यवसायीले जवाफी बहस गर्न लागेका हुन्। उनीहरूको जवाफी बहस सकिएमा आजै आदेश आउने सम्भावना छ।

उच्च अदालत पाटनका रजिष्ट्रार ठगिन्द्र कट्टेलले भोलिसम्म आदेश आउनसक्ने जानकारी दिए। काठमाडौं जिल्ला अदालतले यसअघि नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न १६ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *