सम-सामयिक

सुन चाँदीको मूल्य स्थिर, कतिमा हुदैँछ कारोबार ?

काठमाडौँ। नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । लगातार तीन दिन नयाँ रेकर्ड राखेको सुन बिहीबार स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार ३०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै बिहीबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी तोलाको १५ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *