देश

बाजुरामा जीप दुर्घटनामा एकको मृत्यु

बाजुरा । बाजुराको पूर्वी–उत्तरी भेगको कर्णाली करिडोरको धुलाचौर नजिकै आज दिउँसो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।

मृत्यु हुनेमा मुगु जिल्लाको खत्याड गाउँपालिका–९ का अन्दाजी २८ वर्षीय मदन सार्की रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक किशोरसिं ऐरीले जानकारी दिए । उनका अनुसार हिमाली गाउँपालिकाबाट कोल्टी आउँदै गरेको लु१ज ४८२९ नंको बोलेरो जीप धुलाचौर बजार नजिकै दुर्घटना भएको थियो । सो दुर्घटनामा घाइते हुनेमा गौमुल गाउँपालिका–३ का अन्दाजी १९ वर्षीय वसन्त धामी रहेको प्रहरी निरीक्षक ऐरीले बताउनुभयो । सो जीपमा चालकसहित चार जना सवार रहेका बताइएको छ ।

जीपका चालकसहित एक जना भने सकुशल रहेको प्रहरीले जनाएको छ । जीपचालक खत्याड –९ का दलबहादुर लावणलाई प्रहरीको नियन्त्रणमा लिइसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट