काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा धवलशमशेर राणा नियम विपरित भारतीय नम्बर प्लेटको गाडी चढेर सिंहदरबार प्रवेश गरेका छन् । बिहीबार महामन्त्री राणा नियम विपरीत भन्सार अनुमतिको म्याद सकिएको भारतीय नम्बर प्लेटको गाडीमा सिंहदरबार पुगेका हुन् ।
नियम विपरीत भारतीय सवारी लिएर सिंहदरबार प्रवेश गरेपछि राणााई गाढी सहित नियम विपरीत भएको भन्दै प्रहरीले बाहिर निकालेका थिए । नेताले नै कानुन मिचेर यसो गर्नु भने स्वभाविक कुरा होइन । डा. राणाले राजावादी शोषणको प्रवृति देखाएका छन् । तर प्रहरीले बाहिर निकालेपछि कारबाहीमा पर्ने डरले सवारी नियम थाहा नपाएको राणाले उल्लेख गरे । तर अब प्रहरीले नियमअनुसार उनलाई कारबाही गर्ला कि नगर्ला कानुन सबैका लागि सम्मान हो । प्रहरीले नेता भनेर उनलाई उन्मुक्ती दिनु हुँदैन । ट्राफिक प्रहरीले सर्वसाधारणलाई सानो गल्तिमा पनि कारबाही गर्ने गरेको छ ।
प्रहरी स्रोतका अनुसार विशेष परिस्थितिबाहेक भारतीय नम्बर प्लेटको गाडी सिंहदरबार प्रवेश दिइने छैन । अर्को कुरा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा विदेशमा दर्ता भएको सवारी प्रचलित कानून बमोजिम अनुमति नलिइ नेपालभित्र चलाउन नपाइने र त्यसो गरेमा १ हजारदेखि पाँचहजार रुपैयाँसम्म जरिवाना लिने उल्लेख छ । बिहीबार सिंहदरबार स्थित समितिको बैठकमा सहभागी हुन् राणा नियमविपरीत भारतीय गाडीमा गएका थिए ।