राजनीति

एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पुर्व निर्धारित महाधिवेसन सार्ने तयारी गरेको छ । जुन निर्णय लिनका लागि नेकपा एसले मंशिर २८ गते सचिवालय बैठक बोलाएका छन ।

महासचिव घनश्याम भुसालका अनुसार आगामी मङ्सिर १८ गते बिहान ११ बजे ६९ औँ केन्द्रीय सचिवालय बैठक आह्वान गरिएको छ ।

उक्त बैठकमा राष्ट्रिय महाधिवेशनको तयारी, अन्तर पार्टी निर्देशनालयलगायत अजेन्डामा छलफल गरिने भएको छ ।

आगामी माघ १४ गते राष्ट्रिय महाधिवेशनको मिति तय भए पनि तयारी नपुगेको भन्दै अध्यक्ष माधवकुमार नेपालले महाधिवेशन सार्ने प्रस्ताव उक्त बैठकमा गर्ने बुझिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट